aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

न्युजिल्यान्डमा चक्रवात र आँधीको विनाश, संकटकाल घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ फागुन २०७९
न्युजिल्यान्डमा चक्रवात र आँधीको विनाश, संकटकाल घोषणा

काठमाडौं । न्युजिल्यान्डमा चक्रवात ग्याब्रिएलका कारण आपत्‌काल घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रोपटक संकटकाल लगाइएको हो ।

न्युजिल्यान्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याकअनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन् । यो आपतकाल नर्थल्यान्ड, अकल्यान्ड, वाइकाटोजस्ता क्षेत्रमा लागू गरिएको छ ।

मंगलबार बिहान पनि करिब ३८ हजार घरमा बिजुली गएको थियो ।

आँधीका कारण अकल्यान्डमा कम्तीमा ५० घर खाली गरिएको छ । यी घरहरू ३० मिटर टावर नजिकै थिए, भत्कने खतरा देखेर मानिसहरूलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारिएको हो ।

न्युजिल्यान्ड सरकारले आँधीका कारण ७.३ मिलियन डलरको राहत प्याकेज घोषणा गरेको छ । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस