aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

यातायात मजदुरको आन्दोलन फिर्ता, चल्न थाले सार्वजनिक सवारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ फागुन २०७९
यातायात मजदुरको आन्दोलन फिर्ता, चल्न थाले सार्वजनिक सवारी
फोटोः श्यामसुन्दर गौरो

काठमाडौं । यातायात मजदुर सङ्गठनले यातायात बन्दको आन्दोलन फिर्ता लिएको छ । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको सकारात्मक वार्ता पछि आन्दोलन फिर्ता गरिएको हो । 

नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भिमज्वाला राइले हाललाई यातायात बन्दको आन्दोलन फिार्ता गरिएको बताए । उनले भने, ‘यातायात बन्द गर्ने निर्णय फिर्ता लिएका छौँ । तर, शान्तीपूर्ण विरोध प्रदर्शन भने जारी नै रहनेछ ।’

मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो । यातायात मजदुर सङ्गठनले आज उपत्यकामा यातायात बन्दको घोषणा गरेको थियो । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सम्मिलित वार्तापछि यस्तो समझदारी भएको उनका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए । 

ट्राफिक जरिवाना घटाउनु पर्नेसहित विभिन्न १० बुँदे माग राख्दै यातायात मजदुरले हिजो गोङ्गबु बसपार्क क्षेत्रमा आगजनी तथा तोडफोडसहित आन्दोलन गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस