काठमाडौं । यातायात मजदुरहरूले आन्दोलन गरेर काठमाडौं उपत्यकाको सार्वजनिक सवारी साधन ठप्प पारेपछि पठाओ, इन्ड्राइभर जस्ता राइडिङहरुको भने मालामाल कमाइ भएको छ । मंगलबार बिहानैदेखि हरेक चोकमा यस्ता राइडरहरुको उपस्थिति व्यापकरुपमा देखिएको थियो ।
अरुबेला मोबाइलमा हेरिरहेका उनीहरू आज भने मोबाइल खल्तीमा नै बोकेर दायाँबायाँ यात्रुहरूसँग डिल गरिरहेका देखिन्थे ।
सधैझै मोबाइल एप मार्फत यस्ता राइडर खोज्दा आज बिहानैदेखि कतैबाट पनि रेस्पोन्स नआउने देखिएपछि यात्रुहरू चोकमा निस्किन बाध्य बनेका थिए ।
त्यहाँ पुगेर राइडरहरुसंग अफलाइन नै कहाँ जाने र कतिमा लैजाने भन्ने बार्गेनिङ गरेपछि मात्रै यात्रुहरूले सवारी पाउने अवस्था बनेको थियो ।
यस्ता राइडरहरुले अनलाइनमा भन्दा अत्यन्तै महँगो भाडा भनेपछि कतिपय यात्रुहरू भने पिठ्युँमा झोला र काँधमा बच्चा बोकेर आफ्नो गन्तव्य तर्फ पैदल यात्रा नै तय गर्न बाध्य भएका थिए ।
यद्यपि कहिबेर अघिदेखि सार्वजनिक सवारीसाधन पनि सुचारु भएको छ ।
प्रतिक्रिया दिनुहोस