मोरङ । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको ३ लाख ५६ हजार २ सय १० रुपैयाँ सहित जहदा गाउँपालिका १ बस्ने ३२ वर्षीय उदियानन्द सरबरीयालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस