एजेन्सी । भारतको महाराष्ट्रको पूणे-नासीक राजमार्गमा सोमबार राती एउटा कारले १७ जना महिलालाई ठक्कर दिएको छ । सो कार पूणेबाट तिव्र गतिमा नासीक तर्फ आइरहेको थियो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सो दुर्घटनामा पाँच जना महिलाको मृत्यु भएको छ भने १२ जना गम्भिर घाइते भएका छन् । पूणे सहरभन्दा करिब ५० किलोमिटरको दूरिमा रहेको सिरोली गाउँमा यो दुर्घटना भएको हो ।
प्रहरीले जनाए अनुसार दुई जना महिलाको घटनास्थलमा नै मृत्यु भएको हो भने तीन जनाको उपचारको क्रममा ज्यान गएको हो । ती महिलाहरु राती ११ बजेतिर कामबाट घर फर्किरहेका थिए ।
उनीहरु भान्सामा काम गर्ने महिलाहरु रहेका थिए । र, अबेर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । कार चालक भने फरार रहेको भारतिय सञ्चार माध्यहरुले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस