भक्तपुर । जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका २ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामा सहित ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस