aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एडिबीको एक अर्ब बाटोमै झ्वाम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
एडिबीको एक अर्ब बाटोमै झ्वाम

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरीत काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच पाँच वर्षअघि सम्झौता भएको थियो।

सम्झौताअनुसार अबको चार महिनाभित्र आयोजना पूरा गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। हस्तान्तरण गर्ने समय नजिकिँदै जाँदा नयाँ बनेको सडक अधिकांश ठाउँमा जीर्ण भएको छ। केही स्थानमा सडकमुनि राखिएको ह्युमपाइप भासिएर सडक भत्केको छ।

सडक खनेर पक्की बेस बनाएपछि मात्र ह्युमपाइप राख्नुपर्नेमा सामान्य बालवा छर्केर जडान गरिएको हुँदा वर्ष दिन नपुग्दै ठाउँ ठाउँमा भाँसिन थालेको प्रदेश ३ उद्योग वाणिज्य महासंघका अध्यक्ष शिवशंकर साहले बताए। 'ह्युमपाइप ओछ्याउने बेलामै हामीले विरोध गरेका थियौं तर, त्यसबेला प्रहरी प्रशासनलाई प्रयोग गरेर ठेकेदारले मनपरी गरे,' साहले भने, 'कमिसनको लोभमा प्रहरी, प्रशासनले ठेकेदारलाई साथ थियो ।’ यो समाचार आजको नागरिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस