aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

वीरगञ्ज महानगरले पनि अतिक्रमित संरचना हटाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
वीरगञ्ज महानगरले पनि अतिक्रमित संरचना हटाउने

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ । अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ । 

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए । 

प्रतिक्रिया दिनुहोस