aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा, स्थापना दिवस मनाउँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले उक्त प्रदेश भरिमा सार्वजनिक बिदा दिएको हो । 

लुम्बिनी प्रदेशको स्थापना प्रदेश ५ का नाममा २०७४ सालमा आजकै मितिमा स्थापना भएको थियो । उक्त प्रदेशमा ५ वर्ष अगाडि आजकै दिनमा नेकपा (एमाले)का शंकर पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

२०७९ साल मंसिर ४ गतेको चुनावपछि एमालेकै लीला गिरिले प्रदेश सरकारको नेतृत्व गरेका छन् ।

स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई  सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस