aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

१७ लाख भारु मोटरसाइकलको ट्यांकीमा बोक्ने एकजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
१७ लाख भारु मोटरसाइकलको ट्यांकीमा बोक्ने एकजना पक्राउ

काठमाडौं । प्रहरीले १७ लाख भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बन्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरेका हुन् । 

स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख ९ नेपाली २७ लाख २० हजार० सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस