aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एयर इन्डियाका पाइलट कारबाहीको चेतावनी, सुरक्षा जाँचमा पाइलटबाट नयाँ आइफोन भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
एयर इन्डियाका पाइलट कारबाहीको चेतावनी, सुरक्षा जाँचमा पाइलटबाट नयाँ आइफोन भेटियो

एजेन्सी । टाटा समूहको वायुसेवा कम्पनी एयर इन्डियाले सोमबार आफ्ना चालक दलका सदस्यहरूलाई काम गर्दा नैतिकताको ख्याल राख्नु महत्त्वपूर्ण भएको बताएको छ। टाटा समूहको आचारसंहिता विपरित त्यस्तो कुनै काम गरेमा तत्कालै अनुशासनात्मक कारबाही गरिने चेतावनी समेत दिए ।

हालै दिल्ली एयरपोर्टमा सुरक्षा जाँचका क्रममा पाइलटबाट दुईवटा आईफोन–१४ बरामद भएपछि एयरलाइन्सले यस्तो निर्देशन दिएको हो । आईफोन–१४ मा पाइलटबाट भन्सारले २.५ लाख रुपैयाँ भारु भन्सार संकलन गरेको थियो । हाल यस विषयमा एयर इन्डियाले कुनै बयान जारी गरेको छैन।

प्रतिक्रिया दिनुहोस