aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

निजी क्षेत्रबिना दिगो विकास हुनै सक्दैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
निजी क्षेत्रबिना दिगो विकास हुनै सक्दैन

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रको सहमागिताबिना मुलुकको दिगो विकास सम्भव नभएको बताएका छन्।

राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)को आयोजनामा बिहीबार राजधानीमा सुरु तेस्रो जिम्मेवार व्यवसाय सम्मेलनमा उनले मुलुकको सामाजिक, आर्थिक विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए।

दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न निजी क्षेत्रकोअहम् भूमिका रहने भएकाले सरकारको पहलमा मात्र मुलुक समृद्धहुन नसक्ने उनको भनाइ छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि तीन खर्ब चार अर्ब रुपैयाँ लगानी गर्नुपर्नेउल्लेख रहेको उनले बताए।

औसतमा ३६ प्रतिशत लगानी गर्दै आए पनि सो अवधिसम्म मुलुकको पूर्वाधार विकास, पर्यटन, यातायातलगायत क्षेत्रमा निजी क्षेत्रबाट ठूलो लगानी हुने उक्त प्रतिवेदनमा उल्लेख छ। त्यस्तै श्रम तथा पर्यटनका क्षेत्रमा ५८, ऊर्जामा साढे ४५, यातायात, उद्योग, सूचना तथा सञ्चार प्रविधिमा साढे ५८, सहरी पूर्वाधार तथा भवन पुनर्निर्माणमा ५४ प्रतिशत लगानी रहने भएकाले यो छलफलले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

उक्त लक्ष्य हासिल मर्यादित र जिम्मेवारी व्यवसायले मात्र गर्न सक्ने भन्दै उनले थपे, ‘सरकारले आगामी तीन वर्षभित्र अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशीलमा उक्लिने लक्ष्य लिएको छ। यसमा निजी क्षेत्रको ठूलो भूमिका रहनेछ।’

सरकारले अत्यधिक लगानीका लागि व्यावसायमैत्री वातावरण बनाउन चाहेको उनको भनाइ छ । ‘हालै सरकारले ल्याएको सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५,  विशेष आर्थिक क्षेत्र पहिलो संशोधन ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले निजी क्षेत्रको भूमिकालाई संस्थागत गरेको छ,’ उनले भने। यो समाचार अजको नागरिक दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस