aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१५ लाखको जागिर छाडेर यति धेरै कीर्तिमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
१५ लाखको जागिर छाडेर यति धेरै कीर्तिमान

काठमाडौं । मासिक १५ लाखको जागिर छोडेर नेपाल र नेपालीको नामका लागि पर्वतारोहण गर्ने उनको नाम नेपालीलाई भने बिरलै थाहा छ। उनी हुन्– म्याग्दी दाना गाउँपालिका–३ का निर्मल पुर्जा (निम्स)।


बेलायती सेनाको ‘स्पेसल फोर्स’को निकै आकर्षक सेवा सुविधा छोडेका उनले छोटो अवधिमा हिमाल आरोहणमा विभिन्न शीर्षकमा विश्व कीर्तिमान राखेका छन्  ।

उनले तीन महिनाभित्र सर्वोच्च शिखर सगरमाथासहित विश्वका ८ हजार मिटरभन्दा बढी उचाइका १४ मध्ये ११ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

एकै सिजनमा नेपालका ६ वटा हिमाल ३१ दिनमा आरोहण गरेको विश्व कीर्तिमान अब उनको नाममा छ। ‘फास्टेस्ट समिट अफ दी टप थ्री माउन्टेन’ (सगरमाथा, केटु र कञ्चनजंगा)को कीर्तिमान पुर्जाले कायम गरेका छन् । यसै गरी ‘फास्टेस्ट समिट अफ दी टप फाइभ माउन्टेन’ (सगरमाथा, केटु, कञ्चनजंगा, लोत्से र मकालु_ आरोहणको कीर्तिमान पनि उनकै नाममा अभिलेख भएको छ।

पुर्जाले अन्नपूर्ण, कञ्चनजंगा, धौलागिरि, सगरमाथा, लोत्से, मकालु, नाग्गा पर्वत, जी वान, जी टु, के टु, ब्रोड पिज जस्ता ११ वटा हिमाल आरोहण गरिसकेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस