बाँके । पाँच सय ६९ थान नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् । नेपालगंज उपमहानगरपालिका २ न्यूरोडबाट नेपाली १ हजार दरको ५ सय ६९ थान नक्कली नोट सहित कोहलपुर नगरपालिका ११ बस्ने ३३ वर्षीय मोहन कुमाई समेत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस