aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

मुस्ताङबाट पोखरा जाँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
मुस्ताङबाट पोखरा जाँदै गरेको बस कालीगण्डकीमा खस्दा १७ जना घाइते

मुस्ताङ । जोमसामबाट पोखरा जाँदै गरेको एउटा बस दुर्घटना भएको छ । म्याग्दी कोरोला यातायातको ना७ख ७४४० नम्बरको यात्रुबाहक बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो ।

घाइतेमध्ये ४ जना सामान्य उपचापछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको बताइएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।  

बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो ।  

प्रतिक्रिया दिनुहोस