aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एयर इन्डियाले गर्‍यो विमान खरिद गर्ने विश्व कै ठुलो सम्झौता; मोदी, म्याक्रोन र बाइडेनसमेत मख्ख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
एयर इन्डियाले गर्‍यो विमान खरिद गर्ने विश्व कै ठुलो सम्झौता; मोदी, म्याक्रोन र बाइडेनसमेत मख्ख

एजेन्सी। केही समय अघि मात्र भारत सरकारले त्यहाँको निजी क्षेत्रलाई बिक्री गरेको एयर इन्डियाले ४७० वटा नयाँ विमान खरिद गर्ने गर्ने भएको छ। मङ्गलवार विमान खरिदको अर्डरसहित विश्वकै सबैभन्दा ठुलो उड्डयन सम्झौतालाई अन्तिम रूप दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यसका लागि फ्रान्सेली कम्पनी एयरबस र अमेरिकी कम्पनी बोइङसँग सम्झौता एयर इन्डियाले सम्झौता गरेको हो। एयर इन्डियालाई २५० एयरबस र २२० वटा बोइङ विमान किन्न लागेको हो। एयरबसले यस वर्षको अन्त्यसम्ममा विमानहरू दिन सुरु गर्नेछ। दुवै सम्झौताहरू अनुसार लगभग ११.११ लाख करोड भारुमा ती विमानहरू खरिद गर्न लागिएको हो ।

रिपोर्टका अनुसार एयरबससँगको सम्झौता करिब १०० अर्ब डलरको छ। यसअन्तर्गत ४० वाइड बडी ए ३५० विमान, २१० न्यारोबडी सिङ्गल आइसल ए ३२० निओस विमान उपलब्ध हुनेछन् । र बोइङसँगको सम्झौता ३४ अर्ब डलरको छ। यस अन्तर्गत १९० वटा बि ७३७ म्याक्स विमान, २० वटा बि ७८७ विमान र १० वटा बि ७७७ एक्स विमान एयर इन्डियालाई प्राप्त हुनेछ। थप रूपमा एयर इन्डियासँग बोइङबाट ७० थप विमान खरिद गर्ने विकल्प छ। सम्झौताको कुल बजेट ४५.९अर्ब डलरमा हुन जान्छ। 

एयरबससँगको सम्झौताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन समेत भर्चुअल रूपमा उपस्थित थिए। टाटा समूहका अध्यक्ष एमेरिटस रतन टाटा र टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पनि भिडियो कन्फरेन्समार्फत सामेल भएका थिए। यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले बोइङसँगको सम्झौताको जानकारी दिएका छन् । उनले यो सम्झौता ऐतिहासिक भएको बताए ।

यस क्रममा उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया, वाणिज्य मन्त्री पियुष गोयल, एयर इन्डियाका मुख्य कार्यकारी अधिकारी क्याम्पबेल विल्सन र एयरबसका सिइओ गुइलाउम फौरी पनि उपस्थित थिए। एयरबसका सीईओले यो सम्झौतालाई ऐतिहासिक क्षणको रूपमा व्याख्या गरेका थिए। उनले भने- एयर इन्डियाले एयरबसको सहयोगमा आफ्नो परिवर्तनको कथा लेख्नेछ।

भारतीय प्रधानमन्त्री मोदीले एयरबस सम्झौताको बारेमा भने- यो महत्त्वपूर्ण सम्झौताले भारत र फ्रान्सबिचको गहिरो सम्बन्धका साथै भारतको नागरिक उड्डयन क्षेत्रको सफलतालाई देखाउँछ। भारतको 'मेक इन इन्डिया - मेक फर द वर्ल्ड' भिजन अन्तर्गत एयरोस्पेस निर्माणमा धेरै नयाँ अवसरहरू खुलिरहेका छन्।समाचारमा उल्लेख भए अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलवार राति फोनवार्ता भएको थियो। समाचार एजेन्सीका अनुसार बाइडेनले दुई देशबिचको विश्वव्यापी रणनीतिक साझेदारीमा खुसी व्यक्त गरे। बाइडेनले बोइङसँगको सम्झौतालाई दुई देशबिचको सम्बन्धमा कोसेढुङ्गाको रूपमा वर्णन गरे। उनले यो सहकार्यबाट दुवै देश लाभान्वित भएको बताए ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले यो सम्झौताप्रति खुसी व्यक्त गरेका छन् । उनले भने– यो सम्झौताबाट बेलायतलाई पनि फाइदा हुनेछ । बेलायती कम्पनी रोल्स रोयले एयरबस विमानको इन्जिन बनाउँछ । रोल्स रोय विमानको इन्जिन उत्पादन गर्ने विश्वको दोस्रो ठुलो कम्पनी हो।

प्रतिक्रिया दिनुहोस