काठमाडौं । आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सञ्चालन भएको छ । बुधवारदेखि फागुन ९ गतेसम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनी स्थलमा मेला सञ्चालन भएको हो ।
आयोजकका अनुसार नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध विभिन्न उद्योगहरूले उत्पादन गरेका जुत्ताहरूमा शत प्रतिशत छालाको प्रयोग भएका छन् । नेपालको भौगोलिक स्थिति, नेपाली उपभोत्ताहरुको सरदर आय तथा आम उपभोक्ताहरूको रुचिलाई मध्यनजर गरी उत्पादन गरिएका उत्पादनहरू अत्यन्त आकर्षक र सुलभ मुल्यमा पाइने आयोजकको भनाई छ ।
मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी रहेकी थिइन् । त्यस्तै, विशेष अतिथि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा, अतिथिहरू घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, हस्तकला महासंघका अध्यक्ष, चेम्बर अफ कर्मसका उपाध्यक्ष, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शनीका आकर्षण तथा सुविधाहरूमा नेपाली साना घरेलु तथा लघु उद्योगहरूलाई वैज्ञानिक रूपले आधुनिकीकरण गर्दै भविष्यमा विदेशी बजारमा समेत सुपरिचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने लक्ष्य रहेको छ । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य लिइएको छ ।
पछिल्ला उत्पादनहरू भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू प्रदर्शन गरिनेछ । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरिएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरू, लगायत अल्लो तथा हेल्पद्वारा निर्मित वस्तुहरू पनि प्रदर्शन तथा बिक्री वितरण गरिने छ ।
अपाङ्गगता भएका व्यक्तिहरूका लागी विशेष किसिमका जुत्ता चप्पलहरू उपलब्ध हुनेछ । मेलामा प्रतिष्ठित ब्रान्डका गुणस्तरीय उत्पादनहरूको प्रदर्शन तथा बिक्री वितरण गर्ने छन् । पछिल्ला उत्पादनहरू भन्दा नितान्त नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छाला जन्य वस्तुहरू प्रदर्शन गरिनेछ ।
मेलामा बिकी वितरण गरिने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ । मेलामा न्युनतम् देखि उच्चतम मूल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरूको लागि गुणस्तरीय तथा आरामदायी तथा आकर्षक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरू उपलब्ध गराइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस