aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बैंकिङ कसूरमा पक्रउ परेका पूर्वमन्त्री धरौटीमा रिहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
बैंकिङ कसूरमा पक्रउ परेका पूर्वमन्त्री धरौटीमा रिहा

काठमाडौं । बैंकिङ कसूर गरेको आरोप लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्कबहादुर खत्रीसँग उच्च अदालत, पाटनले रू।५ लाख धरौटी माग गरेको छ । सो अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलाशले मागेको सो धरौटी रकम बुझाएर बुधवार नै खत्री रिहा भएको अदालतका प्रवक्ता मोहन सुवेदीले जानकारी दिए। 

पूर्वमन्त्री खत्रीसहितले कृषि विकास बैंक भोजपुरबाट किर्ते कागज बनाई जिल्ला प्राविधिक कार्यालय, भोजपुरमा पेश गरेको आरोप लाग्दै आएको थियो । सोही कागजको आधारमा बैंकबाट रकम झिकन सफल भएको अभियोग, पत्रमा उल्लेख छ । 

सरकारले किर्ते कागजको आधारमा बैंकबाट रू १ करोड १० लाख ८० हजार झिकेको आरोप लगाएको छ। खत्रीलाई उक्त अदालतले आदेश पाएको मितिले ३ दिनभित्र उपस्थित हुन आदेश दिएको थियो । 

सो आदेश पाएपछि उनी बुधबार अदालत उपस्थित भएका हुन् । उनीहरूसँग अदालतले बुधवार नै बयान लिएको थियो । अदालतले उपस्थित हुन आदेश गरेलगत्तै उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदबाट बर्खास्त गरेका थिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस