काठमाडौं । काठमाडौं महानगरपालिकाले घर बहाल व्यवस्था निर्देशिका २०७९ जारी गरेको छ । जसमा अब काठमाडौंमा घरधनीहरुले घर भाडा दिन र घर खाली भएको महानगरलाई जानकारी गराउनुपर्ने भएको छ ।
उक्त निर्देशिका अनुसार घरभाडा दिँदा र घर खाली भएको सूचना सात दिनभित्र महानगरपालिकालाई बुझाउनु पर्नेछ । घर बहालमा लगाउँदा लिखित सम्झौता गर्नुपर्ने समेत व्यवस्था गरिएको छ । जुन सम्झौताको एकप्रति सम्बन्धीत वडा कार्यालयमा बुझाउनुपर्ने हुन्छ ।
घर बहालमा बस्नेहरुले प्रत्येक महिनाको भाडा महिना बितेको सात दिनभित्र बुझाउनुपर्ने समेत व्यवस्थामा उल्लेख छ । बहाल रकम तिरेको प्रमाण समेत देखाउनुपर्ने भनिएको छ । बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने छ ।
नगद बुझाउँदा सोको स्पष्ट प्रमाण वा निस्सा लिनुपर्ने छ । यस साथै बहालवालाले आफू बसेको ठाउँ छा्ड्नुपर्ने भएमा ३५ दिन अगाडी नै लिखित सूचना दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
विस्तृतमा
प्रतिक्रिया दिनुहोस