aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बिरालोको मासु बेचेको आरोप पुष्टि भयो, गम्भीर कारबाहीको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ फागुन २०७९
बिरालोको मासु बेचेको आरोप पुष्टि भयो, गम्भीर कारबाहीको तयारी

काठमाडौं । हङकङमा एक व्यापारीले झुक्याएर बिरालोको मासु बेचेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट त्यहाँको एउटा पसलले बिरालोको मासु बेचेको पुष्टि भएको हो । 

याउ मा तेइको रिक्लमेसन स्ट्रिटमा रहेको पसलले कुकुर र बिरालोको मासु बेचेको जनगुनासो व्यापक बढेपछि गत बिहीबार सरकारी अधिकारीहरुले सो पसलमा छापा मारेका थिए ।

कृषि मत्स्य र संरक्षण विभागका अधिकारीहरुले छापा मारेपछि हङकङमा कुकुर र बिरालोको मासु बेचिने गरेको खुलासा भएको थियो । विभागका एक प्रवक्ताले बताए अनुसार बिरालोको मासु बेचेको पुष्टि भएसँगै पसल सञ्चालक र कामदारमाथि मुद्दा चलाइने भएको छ । 

‘कुकुर वा बिरालाको मासु उपभोगलाई बेचेको विभागले सहने छैन र यो घटनाको गम्भीर छानबिन गर्नेछ,’ उनले सार्वजनिक सञ्चार माध्यममा भनेका छन् ।

यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र निरीक्षण बढाइने पनि उनले बताए । यस्तो मासु आयातलाई रोक्न खाद्य विभाग र भन्सारसँग पनि मिलेर काम गरिने प्रवक्ताले जनाएका छन् ।

यसअघि एक मिडिया अनुसन्धानले क्वाङतोङबाट हङकङ ल्याएर कुकुर वा बिरालोको मासु बेच्ने गरेको खुलासा गरेको थियो ।

सो रिपोर्टमा ६ सय ग्राम मासु १०० हङकङ डलर मूल्यमा बेचिने पनि उल्लेख गरिएको थियो । भिडिओमा मासुसहित पसले समेत देखिएका थिए । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस