धनगढी । नेपाल एयरलाइन्स तथा निजी हवाई कम्पनी बुद्ध, श्री र सौर्य एयरलाइन्सको धनगढी-काठमाडौं-धनगढी उडान नियमित हुन थालेपछि धनगढी विमानस्थलको आम्दानी बढेको छ।
पहिले साताको तीनदिन नेपाल एयरलाइन्स र बुद्धले मात्रै उडान गर्दै आएकोमा पछिल्लो डेढ वर्ष यता सौर्य र श्री एयरलाइन्सले पनि उडान थालेपछि विमानस्थलको वार्षिक आम्दानी बढेको हो । हाल विमानस्थलको वार्षिक आम्दानी रू ३ करोड पुगेको विमानस्थल प्रमुख तेजबहादुर थापाले बताए।
हाल धनगढीं काठमाडौं साताको तीन दिन ५ ओटा तथा चार दिन ४ ओटा उडान हुँदै आएका छन् । एक महीनामा १९ हजार ५०० यात्रुले धनगढी-काठमाडौं यात्रा गर्ने विमानस्थल कार्यालय धनगढीले बताएको छ । यस हिसाबले एक वर्षमा २ लाख ३४ हजार यात्रुले यात्रा गर्ने गरेका कारण विमानस्थलको आम्दानी बढेको विमानस्थल प्रमुख बुड्थापाले बताए। यो समाचार आजको अभियान दैनिकम छापिएको छ ।
प्रतिक्रिया दिनुहोस