
एजेन्सी । भारतमा सुन तस्करी ६२.५ प्रतिशतले बढेको छ । भारतमा सुनको तस्करी निरन्तर बढिरहेको तथ्यांक बाहिर आएको छ । सरकारी तथ्याङ्कले पनि यसको पुष्टि गर्छ । पछिल्लो दुई वर्षमा बरामद सुनको मात्रा ६२.५ प्रतिशतले बढेको हो ।
सन् २०२० मा कुल २ हजार १५४ दशमलव ५८ किलो सुन बरामद भएको थियो । सन् २०२२ मा यसको संख्या बढेर ३,५०२.१६ किलोग्राम पुगेको छ। जबकि यस वर्षको जनवरीमा ३८४.७१ केजी बरामद भएको छ ।
लोकसभामा प्राप्त जानकारी अनुसार पछिल्लो दुई वर्षमा राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले पक्राउ परेका सुन तस्करीका घटनामा ५५.१२ प्रतिशतले वृद्धि भएको छ । २०२० मा सुन बरामद घटनाहरूको कुल संख्या २,५६७ थियो। यो २०२२ मा बढेर ३,९८२ पुगेको छ। यस वर्षको जनवरीमा उनीहरुको संख्या ४१४ पुगेको थियो । पछिल्लो दुई वर्षमा तस्करी मुद्दामा पक्राउ पर्नेको संख्या २३ दशमलव ११ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस