aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गाई का'टेर मा'सु भाग लगाउँदै गरेको समूह पक्रा'उ

  • रासस
    रासस
  • बुधबार, ०३ फागुन २०७९
गाई का'टेर मा'सु भाग लगाउँदै गरेको समूह पक्रा'उ

काठमाडौं । गाई काटेको आरोपमा दक्षिणी रसुवाबाट केही व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिका गाउँपालिका–२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाअन्तर्गत गुम्बाटोल निवासीद्वय ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वा रहेका छन् ।
      
गाईको मासु भाग लगाई राखेको अवस्थामा गए राति १२ः३० बजे एक सय २० केजी मासुसहित कालिका स्थानको नजिक दूरीको काभ्रेटोलबाट ती व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
         
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार राष्ट्रिय जनावर गाई काट्न प्रयोग भएको बञ्चरो एक थान एवं दुई थान खुकुरीसमेत घटनास्थलबाट बरामद भएको छ । 
          
घटनास्थल कालिकास्थानदेखि करिब तीन किलोमिटर उत्तरमा रहेको छ । विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानका इञ्चार्ज प्रहरी निरीक्षक राजीव बस्नेतको नेतृत्वमा गएको प्रहरी टोलीले गौ हत्यारालाई नियन्त्रणमा लिएको थियो । रातको ९ बजे व्यक्तिको घरमा गाई काटेर राति १२ बजे भाग लगाउन सुरू भएका बेला बरामद भएको र घटनामा संलग्न अन्य व्यक्तिसमेत हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।  

प्रतिक्रिया दिनुहोस