
काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वले आर्थिक रुपमा एक अकल्पनीय अवस्थाको सामना गर्नुपर्ने स्थिति देखा परेको बताएकी छिन्। उनले कोभिड-१९ पछिको संसारमा जारी रुस-युक्रेन युद्धको झट्कालाई सामना गर्न विश्व तयार हुनुपर्ने चेतावनी दिएकी छन्।
जर्जिएभाले मंगलबार फेब्रुअरी १४ को दिन दुबईमा आयोजित शिखर सम्मेलनको क्रममा यस्तो चेतावनी दिएकी हुन्। उनले टर्की र सिरियामा हजार भन्दा बढी मानिसहरूको ज्यान लिने गरि गएको हालैको भूकम्पको पनि चर्चा गरेकी थिइन्।
यो वर्ष आर्थिक रूपले कत्तिको कठिन हुनेछ भन्ने प्रश्नको जबाफमा जर्जिएभाले भनिन् कि विश्व अर्थतन्त्र अझै पनि धेरै कठिन स्थानमा छ। सन् २०२३ मा विश्वव्यापी वृद्धि सुस्त हुनेछ तर यो एक टर्निंग प्वाइन्ट हुन सक्छ। उनले केही देशहरूमा मुद्रास्फीति घट्दै गएको संकेत पनि गरिन्।
"हामी के कुरामा धेरै चिन्तित छौं भने अप्रत्याशित अवस्था आउँ सक्छ", जर्जिएभाले भनिन्, “कोभिड र युद्धले हामीलाई सिकाएको कुरा के हो भने हामी झन् झन् चकित हुने संसारमा बाँचिरहेका छौं। टर्की र सिरियाको भूकम्पले हामीलाई सोच्नै नसकिने अवस्था पनि आउन सक्छ भन्ने पनि सिकायो।
"हामी सबैले हाम्रो मानसिकतालाई यति लचिलो पार्नु पर्छ ता कि जति धेरै परिवर्तनकारी झट्काहरू लागे पनि त्यसलाई अझ राम्रोसँग ह्यान्डल गर्न हामि सक्षम हुनेछौँ।," जर्जिएभाले भनिन्, "प्रत्येक देश र समाज बलियो बनेर बस्नु पर्ने छ।"
जर्जिएभाले युक्रेनको युद्धमा आईएमएफले स्थिर भूमिका खेल्नुपर्ने बताइन्। यस वर्षको अर्थतन्त्रलाई ठिकमा ल्याउनका लागि करिब ४० बिलियन देखि ४८ बिलियन डलर आवश्यक पर्नेछ। आफ्नो भाइले युक्रेनीसँग विवाह गरेको कुरा सहभागीहरूलाई सुनाउँदै जर्जिएभाले गत वर्ष फेब्रुअरीमा रुसको आक्रमण सुरु भएदेखि नै आईएमएफले युक्रेनलाई कसरी "युद्ध अर्थतन्त्र" चलाउने भनेर सल्लाह दिने काम गरिरहेको बताइन्। उनले थपिन् कि आईएमएफले युद्ध सुरु भएदेखि युक्रेनलाई आफ्नै स्रोतबाट २.७ बिलियन डलरको दुई प्याकेजहरू वित्त पोषण गरेको छ। त्यो संयुक्त राज्य अमेरिका जस्ता पश्चिमी राष्ट्रहरूले प्रदान गरेको सहायता भन्दा बढी हो।
सेप्टेम्बरमा विश्व बैंकले युक्रेन सरकार र युरोपेली आयोगसँगको संयुक्त मूल्याङ्कनमा युक्रेनमा हालको पुनर्निर्माण र पुनः प्राप्तिको लागत ३४९ बिलियन डलर रहेको अनुमान गरेको थियो। रुस-युक्रेन युद्ध चाँडै सकिने लक्षण नदेखिएको पृष्ठभूमिमा उनको चेतावनी र टिप्पणीलाई निकै अर्थपूर्ण मानिएको छ।
प्रतिक्रिया दिनुहोस