aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

यी हुन् शिवरात्रिका बेला पशुपतिमा मेलाको टेण्डर पाएका दुई कम्पनी

  • रासस
    रासस
  • बुधबार, ०३ फागुन २०७९
यी हुन् शिवरात्रिका बेला पशुपतिमा मेलाको टेण्डर पाएका दुई कम्पनी

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट)मार्फत कम्पनी आज छनोट गरेको छ ।

महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ । मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई रु २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको मेलाबजार तथा सजावट उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए ।
    
उनका अनुसार गत वर्षभन्दा यसपटक रु पाँच लाख ५० हजार बढीमा सो कम्पनीलाई मेलाबजार सञ्चालन गर्न दिइएको छ । मेलामा बालबालिका एवं बयस्कका लागि रमाइलो पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल गर्न सकिने गरी आकर्षक बिक्री कक्ष सञ्चालन गरिने बताइएको छ । यसपटको महाशिवरात्रिको मुख्य अतिथिका रुपमा भारतबाट शङ्कराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भीड बढ्ने संयोजक जेठाराले बताए ।

प्रतिक्रिया दिनुहोस