काठमाडौं । सर्लाहीमा एक १५ वर्षीया किशोरीले आफ्ना बाबुको काजकिरिया गरेकी छिन् । जिल्लाको हरिवन नगरपालिका– १ गणेशडाँडा निवासी १५ वर्षीया रोशनी कार्कीले आफ्ना बाबु राकेश कार्कीको राले जस्तै कोरामा बसेर काजकिरिया गरेकी हुन् ।
फोक्सोको समस्याबाट पीडित उनका बुवा ३५ वर्षीय राकेशको हिजो मृत्यु भएको थियो । आमा र बहिनीसँग भारतको सिक्कीममा बस्दै आएकी रोशनी बुवाको निधन भएको खबरपछि बुधबार दिउँसो आमा र बहिनीसँगै घर आइपुगेकी हुन् ।
श्रीमती र छोरीहरु घर आइपुगेपछि राकेशको शव बुधबार दिउँसो ३ बजेतिर अन्त्यष्टिका लागि सर्लाहीको बागमती नदीमा लगिएको थियो । कर्मैयास्थित बागमती नदीमा रोशनीले बुवाको पार्थिव शरीरमा दागबत्ति दिएपछि हिन्दू धर्म संस्कार अनुसार काजकिरिया सुरु गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस