aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घट्यो एटीएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
घट्यो एटीएमबाट दैनिक झिक्न मिल्ने रकमको सिमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम ठगी प्रकरणपछि दैनिक रुपमा झिक्न मिल्ने रकमको सिमा घटाएको छ। गत साता एटीएम मार्फत् करीव साढे ३ करोड रुपैयाँ ठगी भएपछि दैनिक झिक्न मिल्ने एक लाख रुपैयाँको सिमा ६० हजार रुपैयाँमा सिमित गरिएको हो।

शनिवार ह्याकरले एटीएममार्फत् ठूलो रकम चोरी गरेपछि केन्द्रीय बैंकले उक्त ठगी प्रकरण अध्ययनका लागि समिति गठन गरेको थियो । 

सो समितिले सोमबार एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाउन सुझाव दिएपछि राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गरी डेविट कार्ड र क्रेडिट कार्डबाट झिक्न सकिने रकमको सिमा घटाएको हो।

बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै डेविट कार्डबाट न्यूनतम प्रति कारोबार ५ सय रुपैयाँ देखि २० हजार रुपैयाँसम्म नगद झिक्न सकिने व्यवस्था गरेको छ । तर, एक दिनमा अधिकतम ६० हजार रुपैयाँ भन्दाधेरै झिक्न नपाइने व्यवस्था गरेको छ। यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस