aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साइबर बीमा गर्ने बैंकको सङ्ख्या शून्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
साइबर बीमा गर्ने बैंकको सङ्ख्या शून्य

काठमाडौं । नेपालमा साइबर जोखिमसम्बन्धी बीमाको सुविधा भएपनि एउटै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिस्क प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ, तर अहिलेसम्म कुनै पनि बैंकले यस्तो बीमा गराएका छैनन् । यस्तो बीमा गर्नुपर्ने बाध्यकारी नीति पनि छैन । 

बैंकहरुले साइबर रिस्क प्रोटेक्टरको महत्व नबुझेका कारण पनि यस्तो बीमा नगराइएको इन्स्योरेन्स कम्पनीले बताएको छ । 

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपालको बैंकिङ बजारमा अझै पनि यस्तो बीमा प्रचलनमा आएको छैन । यो समाचार आजको आर्थिक अभियानमा दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस