aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ग्यास विष्फोटमा घाइते चन्द्रको फोक्सोमा असर, आमाको अवस्था चिन्ताजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
ग्यास विष्फोटमा घाइते चन्द्रको फोक्सोमा असर, आमाको अवस्था चिन्ताजनक

काठमाडौं । बुधबार बेलुका काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लाने तयारी भएको छ ।

बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ ।

२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ ।  तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाइने साइडमा बढी असर गरेको छ ।

परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस