aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब विदेशी मुद्राको निक्षेपमा ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
अब विदेशी मुद्राको निक्षेपमा ऋण

काठमाडौं । विदेशी कम्पनी तथा व्यक्ति र गैरआवासीय नेपालीले मुरती खातामा जम्मा गरेको पैसाका आधारमा बैंक तथा वित्तीय संस्थाले नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने भएका छन् । राष्ट्र बैग्ने विहीवार उक्त व्यवस्था गरेको हो । यसमाधि यस्तो व्यवस्था थिएन । राष्ट्र बैंक मौद्रिक नीतिमार्फत उक्त घोषणा गरेको थियो।

बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीहरूबाट कम्तीमा पनि दुई वर्ष अवधि भएको विदेशी मुद्रा मुद्दती निक्षेप संकलन गर्न सक्ने र यस्तो निक्षेपको शतप्रतिशतसम्म नेपाली मद्रामा कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिनेछु चाल आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख छ ।

यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाले विदेशी व्यक्ति संस्था र गैरआवासीय नेपालीले मुद्दती निक्षेपमा जम्मा गरेको विदेशी रकम बराबर कर्जा नेपाली मुद्रामा प्रवाह गर्न पाउनेछन् । 

लगानीयोग्य रकम बढाउन भन्दै राष्ट्र बैंकले यो सुविधा दिएको हो। यसका लागि राष्ट्र बैंकले बिहीबार १६ बंद निर्देशन जारी गरेको छ। यस्तो निक्षेपको अवधि कम्तीमा दुई वर्ष हुनुपर्ने व्यवस्था गरेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकशित छ ।

प्रतिक्रिया दिनुहोस