aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

इटहरीको सुष्मा कलेजमा मध्यराति बम बिष्फोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० भदौ २०७६
इटहरीको सुष्मा कलेजमा मध्यराति बम बिष्फोट

सुनसरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीको सुष्मा गोदावारी काजेजमा बम बिष्फोट गराएका छन् । 

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा समेत बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
 
सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
 
 उपरीक्षक शर्माले उक्त समूहले केही दिन देखी चन्दा मागिरहेको र शैक्षिक संस्थाहरूले दिन नमानेपछि धम्काउने उद्देश्यले उक्त विस्फोट गराएको हुन सक्ने बताए । शर्माका अनुसार विस्फोटबाट कुनै पनि आर्थिक क्षति भएको भने छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस