aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा उदयपुर ताप्लि गाउँपालिका ५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका ९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका २ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लि गाउँपालिका ५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका १ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा होहल्ला गरी
अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस