aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
गेष्ट हाउसमा जुवातास खेल्ने पाँच जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलकीस्थित‍ गणपति गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सोही गेष्ट हाउसका संचालक काठमाडौं कलंकी बस्ने ५२ वर्षीय केशव थापा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद ६३ हजार रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस