काठमाडौं । डिशहोमको नयाँ कनेक्सन अव मात्र दुई हजार ९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुनेछ । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ ।
डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्फर तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक रुपमा लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना भाग्यशाली ग्राहकहरुले नगद रु एक लाख नगद उपहार यस अफर मार्फत जित्नेछन् ।
यस्तै डिशहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्फर, वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा ए हजार रुपैयाँभन्दा कमको रिचार्जमा ५ प्रतिशत, एक हजार रुपैयाँको रिचार्जमा १० प्रतिशत वोनस र दुई हजार रुपैयाँको रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस