aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पाकिस्तानमा पेट्रोल २७२ र डिजेलको मूल्य २८० रुपैयाँ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
पाकिस्तानमा पेट्रोल २७२ र डिजेलको मूल्य २८० रुपैयाँ पुग्यो

एजेन्सी । पाकिस्तानमा पेट्रोल २७२ रुपैयाँ प्रतिलिटर पुगेर नयाँ रेकर्ड बनाएको छ ।  पाकिस्तानमा पेट्रोल–डिजेलको मूल्य रेकर्ड स्तरमा पुगेको छ। सरकारले बिहीबारदेखि पेट्रोलमा २२ रुपैयाँ र डिजेलमा १७ रुपैयाँ बढाएको छ । आजदेखि एक लिटर पेट्रोलको मूल्य २७२ रुपैयाँ र डिजेलको मूल्य २८० रुपैयाँ छ । यसरी पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ महँगो भएको छ । जनवरी १६ मा पेट्रोलको मूल्य २१४ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य २२७ रुपैयाँ ८० पैसा थियो । पाकिस्तानमा पछिल्लो एक महिनामा पेट्रोल ५८ रुपैयाँ र डिजेल ५३ रुपैयाँ पुगेको छ ।

पाकिस्तानको वित्त महाशाखाले पाकिस्तानी मुद्रा (रुपैया)मा आएको गिरावटको कारण पेट्रोल र डिजेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको जनाएको छ। जियो न्यूजका अनुसार अहिले पाकिस्तानमा विदेशी मुद्राको ठूलो संकट छ । यसले आयात–निर्यातमा असर गरिरहेको छ । मुद्रास्फीति बढिरहेको छ । आईएमएफले ऋण दिँदैन । आईएमएफले ऋणका लागि कडा शर्त राखेको छ । जसमा डिजेल र मट्टितेलको भाउ बढेको छ ।

पाकिस्तानमा पेट्रोल मात्र होइन दैनिक जीवनमा प्रयोग हुने मट्टितेल, लाइट डिजेल र हाईस्पीड डिजेलको मूल्य पनि बढाइएको छ । यसले गर्दा मुलुकमा मुद्रास्फीति अझै बढ्ने छ । मूडीज एनालिटिक्सका वरिष्ठ अर्थशास्त्री क्याट्रिना एलका अनुसार यसले पाकिस्तानमा सन् २०२३ को पहिलो छ महिनामा  ३३ प्रतिशतमा मुद्रास्फीति दर बढाउनेछ। उनले आईएमएफको ऋण पनि देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन पर्याप्त नहुने बताए ।

प्रतिक्रिया दिनुहोस