aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
नक्कली सुन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले नक्कली सुन देखाएर ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० बस्ने रामबिर चौधरी, सोहि नगरपालिका वडा नं. ६ कका लालबाबु राय यादव, वडा नं. १८ बस्ने राकेश कुर्मी र वडा नं. १७ का अवधेश कुमार राय पक्राउ परेका हुन् । 

उनीहरुको साथबाट एउटा सेतो स्कारपियो, सुनको जलप भएको बिस्कुट आकारको एक थान पहेलो धातु बरामद गरिएको छ । उनीहरुले नक्कली सुन देखाएर ठगी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

उनीहरुबाट बरामद गरिएको सुन परिक्षणको लागि वीरगञ्ज सुन चाँदी व्यवसायी संघ माइस्थान पठाइएको थियो । उक्त सुन परिक्षण गर्दा सुन नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस