aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

काठमाडौं महानगरपालिकाको अनुगमन टोलि तपाईंको वडामा आयो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ फागुन २०७९
काठमाडौं महानगरपालिकाको अनुगमन टोलि तपाईंको वडामा आयो ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रशासन विभागले वडाहरुको अनुगमन थालेको छ । आज विभागका प्रमुख दिपक अधिकारीको नेतृत्वको विहान कार्यालय सुरु हुने समयमा थालिएको अनुगमन टोलीमा मानव संशाधन महाशाखा प्रमुख गंगाधर गौत्तम, सामान्य प्रशासन शाखा प्रमुख प्रमोद पोखरेल थिए । 

टोली वडा १५ र १७ मा पुगेको थियो । अनुगमनका क्रममा कर्मचारी प्रशासन, सेवा प्रवाह, कार्यालय व्यवस्थापन, राजस्व संकलन र सेवाका अन्य प्रकार गरी ५ वटा क्षेत्र हेरिएको थियो । कर्मचारी कक्षमा भए÷नभएको, पोशाक, हाजिरी, परिचय पत्र अनुगमनमा हेरिएको थियो । सेवा प्रवाहमा गुनासो सुन्ने प्रणाली, सेवाग्राही मैत्री कार्यस्थल, नागरिक वडा पत्र, सहयोगापेक्षीलाई सहयोग गर्ने परिपाटीका लागि संयन्त्र र पूर्वाधार भए नभएको हेरिएको थियो । 

कार्यालय व्यवस्थापनमा सजावट, मासिक बैठक, प्रतिवेदन, जिन्सी सामग्रीको अभिलेख, दर्ता चलानी, अभिलेख व्यवस्थापनमा दैनिक गरिने काम हेरिएको थियो । शीर्षकगत दैनिक आम्दानीको अभिलेखन, भौचरको प्रयोग (उठाउने, प्रमाणिकरण गर्ने), मासिक प्रगति रिपोर्ट गर्ने, अनलाइन राजस्व प्रणाली प्रवर्धन गर्ने गर्ने विषयलाई राजस्व क्षेत्रमा राखेर कागजपत्र हेर्ने तथा अधिकारीसँग सोधपुछ गरेर विवरण लिने काम भएको थियो । 

कार्यालय सञ्चालन तथा व्यवस्थापनका सानातिना कुरामा ध्यान दिन नसक्दा सार्वजनिक महानगरको छविमा असर पुग्छ । कोही सेवा लिन आउँदा  सरकारसँग विश्वाश  त्यसैले वडाको प्रशासनलाई कार्यालय व्यवस्थापनमा सचेत बनाउन अनुगमनको काम थालिएको हो । अनुगमन कार्यको नेतृत्व गरिरहनुभएका प्रशासन विभागका प्रमुख अधिकारीले यसलाई निरन्तरता दिइने बताउनुभयो । 
 

प्रतिक्रिया दिनुहोस