काठमाडौं । अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठनको २३ औं राष्ट्रिय महाधिवेशन विहीबार भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् । बडाल निवर्तमान महासचिव पदमा निर्वाचित भएका थिए । निर्वाचनमा १५१७ मत खसेको थियो ।
उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस