aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डा. चन्द्र भण्डारीको आज एकैदिन दुई सल्यक्रिया गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
डा. चन्द्र भण्डारीको आज एकैदिन दुई सल्यक्रिया गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य डा. चन्द्र भण्डारीको आज दुईवटा सल्यक्रिया हुने भएको छ । भण्डारीको आज भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा सल्यक्रिया हुने भएको हो । 

शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने तयारी भएको बुझिएको छ । भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।

नेपाली कांग्रेस श्रोतका अनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनुपर्ने अवस्था छैन ।

बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोट हुँदा डा. भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । उनीहरुलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको भए पनि उपचारकै क्रममा बिहीबार बिहान हरिकलाको निधन भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस