aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की, मुसामा गरिएको परिक्षण सफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
अब पुरुषका लागि पनि गर्भनिरोधक चक्की, मुसामा गरिएको परिक्षण सफल

काठमाडौं । हालसम्म महिलाहरुले गर्भनिरोधक औषधि सेवन गर्ने गरेकोमा अब पुरुषहरुका लागि पनि त्यस्तो चक्की बन्ने भएको छ । वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की  बन्न सक्ने सम्भावना पत्ता लगाएका हुन् । 

मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो ।

तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ ।

परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण रूपमा काम गरेको पाइएको छ ।

औषधिले सम्भोगका क्रममा र सम्भोगपछि तीन घण्टासम्म शुक्रकीटलाई गतिहीन बनाएर काम गरेको पाइएको वैज्ञानिकहरू बताउँछन् । २४ घण्टापछि भने औषधिले पूर्ण रूपमा काम गर्न छाडेको देखिएको छ ।

वैज्ञानिहरूका अनुसार यस चक्कीमा कुनै प्रकारको हर्मोनको प्रयोग गरिएको हुँदैन । यसले शुक्रकीटको चाललाई रोक्ने काम मात्र गर्छ । यसको प्रयोगबाट कुनै पनि प्रकारको असर नपर्ने वैज्ञानिहरूको दाबी छ । 

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्र अनुसार मानिसमा परीक्षण सफल भएमा पुरुषहरूले यो औषधि सजिलै प्रयोग गर्न सक्नेछन् ।

तर, यो औषधिले यौनरोग सर्नबाट भने जोगाउँदैन ।

प्रतिक्रिया दिनुहोस