aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अनेरास्ववियुको अध्यक्षमा हारेका लामिछानेले भने, मर्यादा बिर्सनेहरुलाई प्यार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ फागुन २०७९
अनेरास्ववियुको अध्यक्षमा हारेका लामिछानेले भने, मर्यादा बिर्सनेहरुलाई प्यार

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष वदमा पराजित भएपछि प्रत्यासी आरसी लामिछानेले अरुलाई मर्यादा विर्सिएको आरोप लगाएका छन् । बिहीबार राति भएको मतदानमा फराकिलो मतान्तरले पराजित लामिछानेले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । 

लामिछाने लेछन्– ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार । हामी भेट्ने छौँ ।’

एमालेले सर्वसम्मतिमा नेतृत्व छान्न खोजे पनि आकांक्षीहरुकै कारण निर्वाचन गर्नु परेको थियो । अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् । बडालले ९६२ मत ल्याएर विजयी बन्दा लामिछानेले ३५६ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस