एजेन्सी । टाटा समूहको एयरलाइन्स एयर इन्डियाले एक दिन अगाडि नै ४७० विमानका लागि एयरबस र बोइङसँग विश्वकै सबैभन्दा ठूलो नागरिक उड्डयन सम्झौता गरेको छ । अब बिहीबार एयर इन्डियाका चीफ कमर्शियल एण्ड ट्रान्सफर्मेसन अफिसर निपुन अग्रवालले यस सम्झौतामा कूल विमानको संख्या ८४० सम्म पुर्याउन सकिने बताएका छन् ।
प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइनमा निपुन अग्रवालले लेखेका छन्, यो वास्तवमै एयर इन्डिया र भारतीय उड्डयनको इतिहासमा ऐतिहासिक क्षण हो। ८४० विमानको यो अर्डर करिब २ वर्षअघि एयर इन्डियाको निजीकरण प्रक्रियाबाट सुरु भएको यात्राको एउटा हिस्सा हो। यसको मतलब एयर इन्डियाले आगामी दिनमा बोइङ र एयरबसबाट ४७० वटा विमान खरिद गर्नेछ। योसँगै ३७० विमान खरिद गर्ने विकल्प पनि यो सम्झौतामा समावेश गरिएको छ ।
बुधबार एयर इन्डियाले ४७० वटा विमानका लागि विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौतामा हस्ताक्षर गरेको थियो । यो सम्झौतामा एयर इन्डियाले फ्रान्सेली कम्पनी एयरबसबाट २५० र अमेरिकी कम्पनी बोइङबाट २२० वटा विमान पाउनेछ । यसअघि सन् २०११ मा एयरबस र बोइङलाई ४६० वटा विमान अर्डर गर्ने अमेरिकी एयरलाइन्सको नाममा विश्वको सबैभन्दा ठूलो उड्डयन सम्झौताको कीर्तिमान थियो ।
एयर इन्डियाको कुल अर्डरमध्ये ३१ वटा विमान वर्षको अन्त्यसम्ममा सेवामा प्रवेश गर्नेछन्, बाँकी २०२५ को मध्यमा। एयर इन्डियाले अर्डर मूल्य घोषणा गरेको छैन। तर, केही समाचारमा उक्त सम्झौताको कुल मूल्य ७० अर्ब डलर रहेको बताइएको छ । यसमा बोइङसँगको सम्झौताको मूल्य ३४ अर्ब डलररहेको बताइएको छ ।
टाटा समूहको एयर इन्डिया, एयर एशिया इन्डिया, विस्तारा र एयर इन्डिया एक्सप्रेससँग २२० विमान छन् । जसमध्ये १७२ न्यारो बडी र ४८ वाइड बडी छन् । ४५ वाइड बडी जेट विदेशी यात्रा क्षेत्रमा प्रयोग गरिने छ । प्रतिस्पर्धी इन्डिगोसँग ३०० विमान छन्, जसलाई आन्तरिक र छोटो दुरीका गन्तव्यका लागि प्रयोग गरिने छ ।
इन्डिगो ५४.९५ सेयरको साथ बजार नेता हो। टाटा समूह एयरलाइन्सले आन्तरिक हवाई यात्रा २६ प्रतिशत नियन्त्रण गर्दछ । विदेशी यात्रा क्षेत्रमा एयर इन्डियाको एकाधिकार छ। विशेष गरी अमेरिकी र युरोपेली गन्तव्यहरूमा रहेका छन् । सबै भारतीय वाहकहरूसँग लगभग ९०० विमानहरू छन्, जसमध्ये ५०० एयरबस न्यारोबडी विमानहरू छन्।
प्रतिक्रिया दिनुहोस