
काठमाडौं । बुधबार ग्यास विष्फोटनमा परि घाइते भएर बिहीबार निधन भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास विष्फोटमा परेर घाइते भइ निधन भएकी हरिकलाको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओडाइ अन्त्येष्टि गरिएको हो ।
कीर्तिपुरको बर्न अस्पतालमा उपचार जारी रहेका बेला हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा मृत्यु भएको थियो । उनको शरीरको ७० प्रतिशत भागमा जलन भएको अस्पतालले जानकारी दिएको थियो ।
डा. चन्द्र भण्डारीको भने भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । उनको आज दुवै खुट्टाको सफल सर्जरी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस