aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

आज पशुपतिको यी क्षेत्रमा सवारी चलाउनै पाइदैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
आज पशुपतिको यी क्षेत्रमा सवारी चलाउनै पाइदैन

काठमाडौं । शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले उपत्यकाको १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।  

भोलि शिवरात्रीका दिन दर्शनार्थीको भिडभाड बढी हुने हुनाले  चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी मालवाहक सवारी साधनहरुलाई भने तिनकुने , जोरपाटी, चुच्चेपाटी , सिनामंगलपुल र बसुन्धाराबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस