aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डा. चन्द्र भण्डारीको स्वास्थ्य अपडेट, कस्तो छ पछिल्लो अवस्था ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
डा. चन्द्र भण्डारीको स्वास्थ्य अपडेट, कस्तो छ पछिल्लो अवस्था ?

काठमाडौं । बुधबार राति आफ्नै निवासमा ग्यास विष्फोटमा परेर गम्भीर घाइते बनेका नेपाली कांग्रेसका केन्द्य्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । नेपालको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुन नसक्ने भएपछि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भर्ना गरिएका डा. भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको हो । 

डा. भण्डारीको हेरविचारका लागि सँगै मुम्बई पुगेका युवा नेता योगराज कँडेलले उनको पछिल्लो अवस्थाका बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । कँडेलले दिएको जानकारी अनुसार अहिले बिहान साढे ६ बजे चिकित्सकसँग कुरा गर्दै ‘सबै पारामिटर नर्मल’ रहेको जानकारी गराएका छन् ।

“पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तिमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,” कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको छ । डा. भनाई अनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्नेसमेत जानकारी प्राप्त भएको निवेदन गर्न चाहन्छु ।”

डा. भण्डारीको शुक्रबार दुवै खुट्टामा सर्जरी गरिएको थियो । उनकी आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । हरिकलाको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस