aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दुर्गा प्रसाईंसहित ८१ जनामाथि एमालेको कारबाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
दुर्गा प्रसाईंसहित ८१ जनामाथि एमालेको कारबाही

काठमाडौं । नेकपा (एमाले)को प्रदेश नं. १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटी बैठकले केन्द्रीय सदस्य प्रसाईंसहितका ८१ जनालाई कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । 

एमाले प्रदेश कमिटीले कारबाहीको सिफारिस गरेकाहरुमा पार्टीको बैठकमा लगातार पाँच पटकभन्दा बढी अनुपस्थित रहने तथा पार्टी गतिविधिमा संलग्न नहुनेहरुदेखि पार्टीको उद्धेश्यभन्दा बाहिरका गतिविधिमा संलग्न रहेका सदस्यहरु रहेका छन् । 

स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी विद्रोही भएकाहरुलाई पार्टीबाट निष्कासन गरेको छ । बैठकले प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।

पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

उनले अभियानलाई देशव्यापी बनाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस