aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डा. चन्द्र भण्डारीलाई पाइपबाट खाना दिन सकिने, यस्तो छ अहिले उनको अवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
डा. चन्द्र भण्डारीलाई पाइपबाट खाना दिन सकिने, यस्तो छ अहिले उनको अवस्था

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । गत बुधबार आफ्नै निवासमा ग्यास विष्फोटमा परि गम्भीर घाइते बनेका डा. भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको उपचारमा प्रगति भएको हो । 

डा. भण्डारीसँगै मुम्बईमा रहेका नेता योगराज कँडेलका अनुसार उनको फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर नपर्ने चिकित्सकहरुले बताएका छन् । डा. भण्डारीका सबै प्यारामिटरहरु नमर्ल रहेको छ । आज बिहान अस्पतालले गराएको जानकारीमा अस्पतालका चिकित्सक धनन्जयले भण्डारीको सर्व प्यारामिटर नर्मल रहेको जानकारी दिएका छन् । 

पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दोस्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा. मुकेशले बताएका छन् । 

चिकित्सकलाई उल्लेख गर्दै नेता कंडेलले आजदेखि पाइपबाट खाना दिन सुरू हुने र बाहिरबाट दिइएको अक्सिजन पनि ४५ प्रतिशतले घटाइएकोले स्वास्थ्यमा धेरै सुधार भएको जनाएका छन् ।

फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनको भनाद्धइ रहेको छ । 

बिहीबार श्री एयरको एयर एम्बुलेन्सबाट मुम्बई लगिएका भण्डारीको शुक्रबार दुवै खुट्टाको सर्जरी गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस