aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

डा. चन्द्र भण्डारीको फोक्सोले आफैं काम गर्न थाल्यो, कृतिम अक्सिजन घटाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
डा. चन्द्र भण्डारीको फोक्सोले आफैं काम गर्न थाल्यो, कृतिम अक्सिजन घटाइयो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सँसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । आज कांग्रेस केन्द्य्रीय सदस्य अजयबाबु सिवाकोटीले दिएको जानकारी अनुसार भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ भने फोक्सोले आफै काम गर्न थालेको छ ।

अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने भएको बताइएको छ । 

बुधबार राति ग्याँस लिका हुँदा भण्डारी र उनकी आमा गम्भिर घाइते भएका थिए । उपचारका लागि सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित बर्न अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई मुम्बई लगिएको थियो । एअर एम्बुलेन्समार्फत मुम्बई लगिएका भण्डारीको उपचार जारी छ । तर, सोही घटनामा घाइते भएकी उनकी आमा हरिकलाको भने उपचारको क्रममा बिहीबार बिहान किर्तिपुर अस्पतालमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस