
काठमाडौं । चिनियाँ अनलाइन सपिङ कम्पनी अलिबाबाले नयाँ ई–कमर्स बिजनेस खरिद गर्ने भएको छ । अलिबाबाले २ अर्ब अमेरिकी डलरमा इ–कर्मस साइट ‘कओला’ एक्वायर गर्न लागेको हो । कओलाले चीनमा आयात हुने लत्ता कपडा, विद्युतीय तथा खेलकुदका सामाग्रीहरु बिक्री गर्छ । यो चिनियाँ बजारको आयातीत सामान बेच्ने ठूला ई–कमर्स कम्पनीहरु मध्यको एक हो ।
यस्तै, अलिबाबाको सहायक कम्पनीहरु ट्मल ग्लोबल र जेडी.कम ले पनि चीनमा अनलाइनमार्फत सामाग्रीहरु कारोबार गर्छन् । अलिबाबाले कओलालाई खरिद गरे पनि अहिले जस्तै स्वतन्त्र हिसाबले काम गर्न दिनेछ । दैनिक कार्यका लागि व्यवस्थापनमा हस्तक्षेप गरिनेछैन । तर, यसको नेतृत्व भने परिवर्तन गरिनेछ । ट्मल इम्पोर्ट एन्ड एक्सपोर्टका जनरल म्यानेजर अल्विन लियूले अब सीइओको जिम्मेवारी सम्हाल्नेछन् ।
ट्मल ग्लोबल र कओला कम्पनीको साथमा अब अलिबाबाको इ–कमर्स व्यापरमा अझै वर्चस्व कायम हुनेछ । जुन महिनामा प्रकाशित एक रिपोर्टका अनुसार सन् २०१९ मा चिनियाँ बजारमा करिब १.९३५ ट्रिलियन डलर कारोबार इ–कमर्स मार्फत हुने प्रक्षेपण गरिएको छ । अलिबाबा विश्वकै ठूला इ–कमर्स कम्पनीहरुमध्येमा पर्छ ।
यता, नेपालमा पनि अलिबाबाले उपस्थिति जनाइसकेको छ । दराज अनलाइन सपिङ अनलाइनलाई अलिबाबाले सन् २०१८ मा खरिद गरेको हो । दराज नेपालसहित बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकामा कारोबार गर्दै आएको छ । अलिबाबा तथा यसका अन्य सहायक कम्पनीहरुमा चिनियाँ नागरिक ज्याक मा प्रमुख लगानीकर्ता रहेका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस