
काठमाडौं । नेकपा (माओवादी केन्द्य्र)का केन्ल्रीय सदस्य तथा प्रदेश नं. १ का पूर्व आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति बनाउनु पर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखी उनले ओलीलाई भावी राष्ट्रपति बनाउनु पर्ने बताएका हुन् ।
उनले लेखेका छन, ‘ठिक छ पुस १० को सहमतिलाई नै कार्यवन्यन गरौं । त्यसको लागि, देशको गरिमामय अभिभावक राष्ट्रपति कमरेड केपी ओलीलाई बनाऔं । स्थायित्व, सुशासन र समृद्धिको निम्ति कमरेड प्रचण्ड नेतृत्वको सरकारलाइ ५ बर्ष नै निरन्तरता दिउँ बामपन्थी सहकार्यलाई दीर्घकालीन बनाऔं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीलाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । ओलीले भने पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गर्नका लागि प्रचण्डलाई निरन्तर दबाब दिएका छन् ।
प्रतिक्रिया दिनुहोस